दमक, २२ बैशाख । दुई दशकदेखि महिलाको श्रृङगारका क्षेत्रमा संलग्न झापा, कमल गाउँपालिका ६ की मोनिका गजमेरले नयाँ व्यवस्थापनका साथ मोनिका व्यूटिपार्लर सञ्चालनमा ल्याएकी छन् ।
मंगलवारे वजारको एक घरमा उनले आफनो पार्लरलाई नयाँ व्यवस्थापनका साथ सञ्चालनमा ल्याएकी हुन् । यसअघि सोहि ठाँउमा उनको पार्लर रहेको थियो ।
समय अनुसार ग्राहकको सेवा तथा सुविधालाई ध्यान दिदै पार्लरलाई थप व्यवस्थापनका साथ सेवा विस्तार गरिएको उनले बताईन् । त्यस ठाउँकै एक पूरानो मात्र नभएर अनुभवीका रुपमा चिनिएकी मोनिकाले बेहुलीको मेकअप संगै सिक्न चाहने महिलाका लागि तालिम समेत सञ्चालन गरिआएकी छन् । उनको पार्लरमा अहिलेपनि आधा दर्जन महिलाहरुले तालिम लिईरहेकी छन् ।
महिलाको श्रृङगार तथा त्यस सम्बन्धी सम्पूर्ण सेवामा सुलभ तथा गुणस्तरिय सेवा पुरयाँउन आफू प्रतिवद्ध भएको स्पष्ट पारिन् ।