दमक,२१ बैशाख । सामाजिक कार्यमा समर्पित लायन्स क्लव अफ दमक –लखनपुरको वर्ष २०२१ २२ को नयाँ नेतृत्व चयन भएको छ ।
क्लव आवद्ध लायन्सकर्मीहरुको भेलाले युवा व्यवसायी राजु खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।
नवनिर्वाचित क्लवको गठित समितिको प्रथम उपाध्यक्षमा बिमल नेपाल ,द्धितीय उपाध्यक्षमा दयासागर आचार्य ,तृतीय उपाध्यक्षमा घनश्याम खनाल, सचिबमा दिपक खड्का, सहसचिबमा मुकुन्द कडेल , कोषाध्यक्षमा युबराज पाठक र सह–कोषाध्यक्षमा धर्मराज अधिकारी चुनिएका छन् ।
यस्तै क्लव डाइरेक्टरद्धयमा राजु न्यौपाने, कर्णसिंह तामाङ,प्रेमकुमार नेपाल,एलसीआएएफ कोअर्डिनेटरमा नरेन्द्र केसी,मार्केटिङ चियरपर्सनमा तिर्थ पौडेल,सर्चिस चियरपर्सनमा एकराज दाहाल, पिआरओ इन्टरनेशनलमा बिशाल नेपाल,टवेल टवाइस्टरमा जमानसिंह खड्का र टमरमा छत्रपति पाठक चुनिएका छन् ।