एमाले अध्यक्ष ओलीको दौडधुप बढ्यो, लारुम्बामा गुरु भेटन पुगे

इलाम,२१ बैशाख । स्थानीय तहको निर्वाचन नजिकिएसंगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दौडधुप बढेको छ । एमालेको पक्षमा जनमत बढाउन ओली देशदौडहामा निस्किएका छन् ।
यसैक्रममा उनले मंगलवार झापाका विभिन्न ४ वटा स्थानमा भएका चुनावी सभालाई सम्बोधन गरे ।मंगलवार लगत्तै ओली आज बुधबार इलामको माङसेवुङ र झापाको कनकाई नगरपालिकाको चुनावी सभामा सहभागि हुदै छन् ।
ओलीसहित उनका विश्वासपात्र मानिने संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङसहितका नेताहरु लिएर लारुम्बा पुगेका छन् । लारुम्बामा किरात धर्मगुरु आत्मानान्द लिङदेनको आर्शिवाद थाप्ने कार्यक्रम रहेको छ । माङसेवुङस्थित लारुम्बा किराँत धर्मको प्रमुख आस्थास्थल मानिन्छन् । ओलीले गुरुमार्फत आफना पार्टीका उम्मेदवार जिताउनका लागि सहयोग मागेको गुरुआश्रम स्रोतले जनाएको छ ।
आधा घण्टा लामो भेटघाटका क्रममा अध्यक्ष ओलीले गुरु लिङदेनसंग यहि बैशाख ३० गते हुन गईरहेको स्थानीय निर्वाचनका विषयमा भलाकुसारी गरेका थिए ।
त्यसक्रममा गुरुले एमाले अध्यक्ष ओलीसंग दमकको सभागृहको नामाकरणको विषयमा असन्तुष्ट जनाएका थिए । एमालेको नेतृत्व रहेको दमक नगरपालिकाले दमक ९ मा निर्माणाधीन रहेको सभागृहको नाम फेरबदल गरेपछि ओली–गुरुवीचको सम्बन्ध चिसिएको थियो । स्रोतले सभागृहको नाम सच्चयाउनसंगै चुनावमा आफना उम्मेदवारहरुलाई जिताउन सहयोग लिने हेतुले ओलीपक्षीय उभिएका थिए ।
पाँच दलीय गठबन्धनको चपेटामा परेको एमालेलाई चुनावी संकट आउन सक्ने अनुमान गरेसंगै ओली आफनो गृहजिल्लासहित पूर्वी जिल्लाको चुनावी सक्रियता बढाएका हुन् । ओलीले त्यही आशयका साथ किरात धर्मावलम्बीसहितका नेताहरुलाई लिएर लारुम्बा पुगेका छन् । लारुम्बाको कार्यक्रम सकिएलगत्तै ओली एमाले माई नगरपालिकाको चुनावी सभालाई सम्बोधन गर्ने बुझिएको छ । त्यहाँ पछि उनले झापाको कनकाई नगरको सुरुङामा आयोजना गरिएको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
मंगलवार झापा आएका उनी इलामका दुई र झापाका एक कार्यक्रममा सहभागी भएर आज साँझनै काठमाडौ फर्किने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published.