दमक,२१ बैशाख । नेपाल लाईब्ररी फाउण्डेशन गृहपुस्तकालय अभियान झापा शाखाले शनिवार दमकमा रचना वाचन तथा पुस्तक चर्चा कार्यक्रम सम्पन्न गरेको छ ।झापा जिल्लामा रहेका कवि तथा साहित्यकारहरु सहभागी भएको उक्त कार्यक्रम दुई दर्जन भन्दा बढी स्रष्टाहरुले रचना वाचन गरेका थिए ।रचना वाचनमा साहित्यकारहरु विन्दु दाहाल मुकदर्शक, बिबेक दुलाल क्षेत्री,अम्विका सापकोटा ,धनश्याम पथिक,कृष्ण उदाशी,भुपेन्द्र तिम्सिना,रामकुमार उपाध्याय,डिल्ली निरौला ,टंक पाठक र माहिनी खनाल रहेका थिए ।
यसरी नै कवि यादवप्रसाद अधिकारी झाक्रिखोलेले कवि विष्णु न्यौपानेको ‘किनाराको एक्लो मान्छे ’ पुस्तकको चर्चा गरेका थिए । यसरीनै साहित्यकार गोपाल दाहालले डा. लेखनाथ न्यौपानेको ‘मेरो देश ’पुस्तकको र प्राध्यापक बाशु काफ्लेले शिव खेडाको‘जीत तपाईको’ पुस्तकको चर्चा गरेका थिए । साहित्यकार तथा प्राध्यापक डा.गोपाल प्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा साहित्य कला सङ्गमका अध्यक्ष विष्णु न्यौपाने,पूर्व अध्यक्ष नरपति पाण्डे,साहित्यकार धन्नजय बास्कोटा,सामाजिक अभियन्ताहरु गणेश गौतम र गणेश न्यौपानेले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रम नेपाल लाईब्ररी फाउण्डेशन गृह पुस्तकालय अभियान झापा शाखाका अध्यक्ष डा.लेखनाथ न्यौपानेको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सञ्चालन लाईब्रेरी फाउडेशन झापा शाखाका सचिव ओमप्रसाद खनालले गरेका थिए।