दमकको ऊँ मेचीमा बाँझोपन विशेष स्वास्थ्य शिविर

दमक,२० बैशाख । बाँझोपनाको समस्या रहेका निसन्तान दम्पतीको उपचार तथा परमर्शका लागि दमकमा यहि बैशाख २९ गते एक दिने स्वास्थ्य शिविर हुने भएको छ ।दमक -७ स्थित ऊँ मेची अस्पतालले भारतको सिलिगुढीमा रहेको न्यू लाइफ फर्टिलाइजर सेन्टरको सहकार्यमा निसन्तान दम्पत्तीलाई लक्षित गरि शिविर आयोजना गर्न लागेको हो ।
अस्पतालले आज पत्रकार सम्मेलन गरि शिविरको तयारी तीव्र पारिएको अस्पतालका सञ्चालक समेत रहेका स्त्री रोग विशेषज्ञ डा. शंकरप्रसाद हुजदारले जानकारी दिए ।उनका अनुसार शिविरमा विवाह भई सन्तानको इच्छा हुँदा हुँदै पनि सन्तान प्राप्तिका लागि गर्भ नबसेका दम्पतीहरुलाई आवश्यक परामर्श सेवा प्रदान गर्नुका साथै उपचारविधि र पद्धतिका बारेमा समेत जानकारी गराइनेछ । शिविरमा सो सेन्टरबाट आउने विशेषज्ञ डाक्टरहरु सिफली वंशल माधव, डा. प्रसिञ्जितकुमार रोयसहित ऊँ मेची अस्पतालका डाक्टरहरुबाट समेत सेवा प्रदान गरिनेछ ।
पत्रकार सम्मेलनमा डा.हुजदारले यो एक किसिमको उपचार तथा परामर्श शिविर भएको उल्लेख गदैं नेपालमा बैदेशिक रोजगारको समस्या र कतिपयको स्वास्थ्यमा रहेको असहज अवस्थाका कारण निसन्तान हुने तथा प्रजनन क्षमतामा ह्रास आएकाले यसबाट धेरैले लाभ लिन सक्ने जनाएका छन् । शिविरमा निशुल्क स्वास्थ्य परीक्षणबाहेक ल्याव लगायतका विभिन्न किसिमका परीक्षणमा अधिकतम ४० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको छ ।
पत्रकार सम्मेलनमा न्यू लाइफ फर्टिलाइजर सेन्टरका बरिष्ठ वजार व्यवस्थापक मृत्युन्जय घोषले करिब १४ प्रतिशतमा निसन्तानको समस्या देखिएको र यो दर बर्षेनी बढिरहेको औल्याए ।२०७६ सालमा समेत सो सेन्टरले दमकमा सोही प्रकृतिको शिविर सञ्चालन गरेको थियो । सो शिविरबाट २०० जनाले सेवा लिएका थिए । उनीहरुमध्ये कतिपय जोडीहरुले ६ महिना भित्रै प्रतिफल प्राप्त गरेका र कतिपय बच्चा पाउने प्रकृयामा रहेको बताइएको छ । कोरोना संक्रमणका कारण २०७६ पछि यस किसिमको शिविर सञ्चालन गर्न नसकिएको बताउँदै अहिले सहज परिस्थिति भएपछि यहाँको मागलाई ध्यानमा राखेर शिविर आयोजना गरिएको अस्पतालका अध्यक्ष समेत रहेका स्त्री रोग विशेषज्ञ डा. निरञ्जनसिंह बोगटीले जानकारी दिए ।
सन् २००८ सालमा स्थापना भएको सो अस्पतालले मासिक ३ सय बढी महिलाको प्रसुति सेवा दिदैआएको जनाईएको छ ।

Leave a Reply

Your email address will not be published.