जसपा प्रदेश अध्यक्ष चाम्लिङ भन्छन्,–‘आफनो पार्टीले दमकमा चुनाव जिते दमक सभागृहको नाम शिलान्यासकै राख्ने छु ’


दमक ,२१ बैशाख । जनता समाजबादी पार्टीका प्रदेश १ अध्यक्ष प्रविण चाम्लिङले आफनो पार्टीले दमक नगरमा उठाएका उम्मेदवार विजयी भए दमकमा बन्दै गरेको दमक सभागृहको नाम शिलान्यासकै समयको कायम गर्ने बताएका छन् ।
दमकमा मंगलवार पार्टीको चुनाव प्रचार समितिको कार्यालय उद्घाटन गर्दै कार्यक्रमको चाम्लिङले दमक- ९ मा बन्दै गरेको सामुदायिक भवनको शिलान्यासको समयमा राखिएको फाल्गुनन्द सभागृह नाउँलाई परिवर्तन गरिएकोमा रोष प्रकट गरि आफूहरुले जिते त्यसलाई सच्चाउने स्पष्ट पारे । उनले उक्त सभागृहको नाम शिलान्यासकै समयको फाल्गुनन्द सभागृह कायम गरिने बताए ।
सभागृह शिलान्यासको पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र वर्तमान किरात धर्मगुरु आत्मानन्द लिङदेनले थिए । त्यस बेला सभागृह किराँत धर्मका महागुरु तथा राष्ट्रिय बिभुति महागुरु फाल्गुनन्द लिङदेनको नाउँमा नामांकरण गरिएको थियो । तर पछि एमाले नेतृत्वको स्थानीय सरकारले फाल्गुनन्द सभागृह नाम परिवर्तन गरेर दमक सभागृह राखेको थियो । हाल त्यस सभागृह निर्माणको अन्तिम चरणमा छ ।
त्यस्तै उनले आफुहरुको पार्टी दमकमा गठबन्धनमा सहभागि नभएको जनाउदै आफ्नै चुनाव चिन्हमा निर्वाचनमा होमिएको बताएका छन् । जसपाको एउटा समूह राप्रपा, कांग्रेस, माओवादीको गठबन्धनमा केहि सदस्य लिएर सहभागी भएको छ भने अर्को समूहले नगर प्रमुख र तिन वटा वडामा सदस्यको उम्मेद्वारी दिएर निर्वाचनमा होमिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published.