पूर्वेको गोदाममा आगलागी , रु १० लाखको क्षति

दमक,२० बैशाख । जिल्लाको दमक नगरपालिका ६ भगवान टोलका व्यवसायी राजीव पूर्वेको गोदाममा आज विहान आगलागी हुदाँ रु १० लाख मूल्य बराबरको क्षति भएको छ ।विद्युत सर्ट भई आगलागी हुदाँ पूर्वेको गोदाममा राखिएका विभिन्न किसिमका मसला तथा तेलहनका कच्चा समानहरु जलेर सो बराबरको क्षति भएको प्रहरीको प्रारिम्भक अनुमान छ ।
पूर्वे दमकमा लामोसमयदेखि तेलहन तथा मसला व्यवसायीका रुपमा चिनिन्छन् । पूर्वेको गोदाममा लागेको आगलागी दमकसहित उर्लावारी नगरपालिकाका बारुणयन्त्र ,स्थानीयको सहयोगमा नियन्त्रणमा आएको वडाअध्यक्ष टेकबहादुर थापाले बताए ।

 

Leave a Reply

Your email address will not be published.