झापा ,२० बैशाख । सरकारले एसीसी क्रिकेट प्रतियोगितामा विजयी क्रिकेट खेलाडीहरूलाई जनही ६ लाख दिने निणर्य गरेको छ ।आज बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले विजयी क्रिकेट खेलाडी र मुख्य प्रशिक्षकलाई जनही ६ लाख र अन्य टिम अफिसियललाई जनही तीन लाख दिने निणर्य भएको सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । मन्त्रिपरिषद्को बैठकले त्रिवि क्रिकेट मैदानलाई अन्तराष्ट्रिय स्तरको बनाउन आगामी आर्थिक वर्षको बजेट विनियोजन मा विशेष प्राथमिकतामा राख्ने निणर्य भएको मन्त्री शर्माले जानकारी दिइन् ।
मंगलबार नेपालले एसीसी प्रिमियर कप क्रिकेटमा ऐतिहासिक जित निकाल्दै नेपालले एसिया कपमा स्थान बनाएको थियो। युएईलाई ७ विकेटले पराजित गर्दै नेपालले एसिया कपमा स्थान बनाएको हो। नेपालले आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपमा स्थान सुरक्षित गरेको छ । एसिया कपमा स्थान बनाएको नेपालले समूह ए मा भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।
समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । सन् १९८४ मा सुरु एसिया कपको १६ औं संस्करणमा नेपालले पहिलो पटक सहभागिता जनाउने छ ।