धिमाल जातिको पेटानी लोप हुदै

दमक,२० बैशाख । पूर्वी तराईका आदिवासी धिमाल जातिको भेषभूषाका रुपमा परिचित पेटानी लोप हुँदै गएको छ ।बिशेष गरेर धिमाल महिलाहरुको मुख्य पोशाक पेटानी पछिल्लो समय लोप हुँदै गएको हो । कुनै समय पेटानी लगाउनै पर्ने धिमाल समुदायको युवतीहरुमा पनि पश्चिमा सस्कृतिले महत्व पाउने थाले संगै पछिल्ला दिनमा आएर आफनै समुदाय भित्र पनि यसको महत्व घटदै जान थालेको छ ।
संस्कृतिजन्य प्राचिन पहिरन लोप हुदै गएपछि आफनो पहिरनको संरक्षण,सम्बद्र्धनमा समेत जोड दिदैआएको पाईएको छ । दमक १० मा पछिल्ला बर्ष त्यहाँका जागरिला महिलाहरुले पेटानी संरक्षण गरिआएका छन् । उनीहरुले घरमै घरेलु उद्योगका रुपमा पेटानी तयार गरिआएको सावित्री धिमालले बताईन् । करिब दुई दशक अघिबाट पेटानी बन्दै आईरहको र त्यसै सीपलाई आहिले पनि निरन्तरता दिदैआएको उनको भनाई छ ।
धिमाल समुदायमा अहिलेपनी पेटानीको माग धेरै रहेको छ । तर पेटानी बुन्न आवश्यक पर्ने कच्चा पदार्थको बजार मूल्य उच्च हुनु र लागत अनुरुप मूल्य नपाउने समस्या नहुदाँ यस घरेलु उद्योग व्यवसायिकरण हुन नसकेकोे उद्यमी जमुना धिमालले बताईन् । उनका अनुसार एउटा पेटानी तयार गर्न तीन दिन सम्मलाग्ने गरे पनि ती पेटानी बिक्रीका लागि वजार समेत अभाव भएको र प्रति थान रु २ हजार रुपैयासम्ममा बिक्री गर्न बाँध्य छन् ।
पेटानीको महत्व बुझेपछि बिगत एक बर्षदेखि फूर्सदको समयमा पेटानी बुन्न थाल्दैआएकी उनले आफनै समुदाय भित्र पेटानीको वजार राम्रो भएकाले त्यसतर्फ आफू आर्कषित भएको बताईन् ।
यो समुदायमा शुभकार्य बिबाह लगायतका उत्सव तथा पर्वहरुमा पेटानीलाई अनिवार्य जस्तै मान्ने गरिन्छ । दुई बर्ष अघि गाउँमै सिकेको सीपबाट अहिले पेटानी बुन्न उत्साह थपिदिएको दमक १० कै पुष्पामाया धिमाल बताउँछिन् ।
झापा, मोरङ र सुनसरीमा बसोबास गर्दै आएका धिमाल जातिका संस्कृतिजन्य पहिरन पेटानी लगायतका भेषभूषाको संरक्षण र सम्बद्र्धन गर्न संस्थागत रुपमा सहयोग पुरयाँउदैआएको धिमाल जातिय विकास संस्थाका केन्द्रीय अध्यक्ष लोकबहादुर धिमालले बताए ।

Leave a Reply

Your email address will not be published.