आगलागी पीडित श्रेष्ठलाई सुदर्शन शाकोसको राहत

मधुमल्ला,२१ बैशाख । मोरङको उर्लावारीमा मुख्य कार्यालय रहेको सुदर्शन बचत तथा ऋण सहकारी संस्थाले आगलागीबाट पीडित आफना एक शेयर सदस्यलाई राहत रकम उपलव्ध गराएको छ ।
दुई दिन अघि आगलागीबाट धनमालको क्षति गुमाएका मिक्लाजुङ गाउँपालिका वडा न.७ मधुमल्लाका शेयर सदस्य हर्कबहादुर श्रेष्ठलाई सदस्य कल्याणकारी योजना कार्यक्रम अन्तर्गत रु २० हजार राहत रकम प्रदान गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत थरेन्द्र पौडेलले बताए ।
संस्थाका सञ्चालक ,कर्मचारीसहितको टोली विहिबार पीडितको घरैमा पुगेर सो राहत रकम हस्तान्तरण गरिएको हो । राहत रकम हस्तान्तरण गदैं संस्थाका प्रमुख कार्यकारी अधिकृत पौडेलले सदस्यको सुखदुखमा सहकारी माध्यम भएको बताउदै सदस्यहरुलाई थप सेवा पुरयाँउन संस्था प्रयत्नशील रहेको जानकारी दिए ।
मधुमल्ला वजारमा चोवाइस होटल सञ्चालन गर्दै आएका श्रेष्ठको पसलमा बैशाख १८ गते राति आगलागी हुदाँ पूर्ण रुपमा क्षति भएको थियो । आगलागीबाट करिव ९० लाख मूल्य बराबरको धनमाल क्षति हुन पुगेको थियो ।

Leave a Reply

Your email address will not be published.