दमकमा सक्रिय संक्रमित संख्या ७० पुग्यो

दमक,१९ बैशाख । दमकमा एकैदिन २५ जनामा संक्रमण देखिएसंगै कोरोनाका सक्रिय संक्रमितको संख्या ७० पुगेको छ । आइतबार २५ जना नयाँ संक्रमित थपिएसंगै दमकमा सक्रिय संक्रमितको संख्या ७० पुगेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
संक्रमितहरु मध्ये ८ जना अस्पतालमा उपचाररत छन भने अन्य घरमै चिकित्सकहरुको निगरानीमा उपचाररत रहेका जनाइएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद तिम्सिना घरमै उपचाररत छन ।
अस्पतालमा रहेका ८ जना मध्ये ४ जना दमक अस्पताल अन्तर्गतको कोभिड उपचार केन्द्रमा र अन्य ४ जना विभिन्न निजी अस्पतालहरुमा छन् । दमक २ का वडाध्यक्ष प्रजापति सापकोटा विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचाररत छन । उनको अवस्था खतरामुक्त रहेको पारिवारिक श्रोतले जनाएको छ ।
यस्तै, दमकमा ६ महिलासहित २५ जना, मेचीनगरमा १ जना पुरुष, हल्दीबारी ३ जना, गौरीगञ्जमा १ जना, कमलमा ४ महिलासहित ७ जना र ठेगाना नखुलेका १ जना पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए ।

योसँगै झापामा संक्रमितको संख्या ५१११, डिस्चार्ज ४५२९, आइसोलेसनमा ४४८ जना, कुल संक्रमित एन्टिजेन ६९ जना र मृत्यु हुनेको संख्या १३४ जना पुगेको उनले बताए । जिल्लामा सक्रिय संक्रमितको संख्या बढेसंगै सोमबारदेखि आशिक निषेधाज्ञा समेत लगाइएको छ ।

Leave a Reply

Your email address will not be published.