एकैदिन थपिए ७२११ संक्रमित, २७ जनाको मृत्यु

काठमाडौं ,१९ बैशाख । पछिल्लो २४ घण्टामा नेपालमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार गएको २४ घण्टामा ७२११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पीसीआर विधिबाट ७१३४ र एन्टिजेन विधिबाट ७४ जनामा संक्रमण पुष्टि भएको हो ।शनिबार मात्र नयाँ संक्रमितको संख्यामा रेकर्ड ५ हजार ७६३ संक्रमित फेला परेका थिए । एकै दिनमा त्यो रेकर्ड तोडिएको हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या ३ लाख ३६ हजार ३० पुगेको छ ।
१ हजार ६१२ निको,२७ को मृत्यु
यही अवधिमा थप १ हजार ६१२ जना निको पनि भएका छन् । नेपालमा हालसम्म २ लाख ८३ हजार ९९४ जना संक्रमित निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएको छ । हालसम्म ३३ सय २५ जनाले ज्यान गुमाइसकेका छन् ।

काठमाडौँ उपत्यकामा ३५ सय बढी संक्रमित थपिए

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड संक्रमित फेला परेका छन् । एकै दिनमा काठमाडौँ उपत्यकामा ३५ सय ९५ संक्रमित फेला परेका हुन् । यसमध्ये काठमाडौँमा मात्र २७ सय ४४ जना रहेका छन् भने ललितपुरमा ५५० र भक्तपुरमा ३०१ जना संक्रमित रहेका छन् ।

Leave a Reply

Your email address will not be published.