दमक ,१९ बैशाख । मातातिर्थ ओैशीको अवसर पारेर विहिबार दमक -८ स्थित ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपाल शाखा समितिले ज्येष्ठ माता सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।वडा भित्रका ८० वर्ष उमेर पुगेका दश जना ज्येष्ठ आमाहरुलाई एक भव्य कार्यक्रम गरेर सम्मान गरेको हो ।
सम्मानित हुने ज्येष्ठ आमाहरुमा सरस्वता निरौला, सरस्वतीदेवी भट्टराई, चन्दमाया फुयल, गोमादेवी चुडाल, चन्द्रकला खड्का ,ईन्द्रकुमारी दहाल,कृष्णमाया गीरी, रुकमिणा आचार्य,भीककुमारी अधिकारी रहेकी छन् ।
दमक नगरपालिका वडा न ८ वडा अध्यक्ष धर्मप्रसाद दहाल (दिपेश ) को प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा दमक -८ का पूर्व वडा अध्यक्ष पशुपतिराज गौतम,,बर्तमान बडा सदस्यहरु हरिमाया चुडाल,खेम बहादुर श्रेष्ठ ,ममता रसाईली, ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठानका सल्लाहाकार सह संयोजक डोयना दहाल ,एभरेष्ट बोडिङ्ग स्कुलका संस्थापक कोषराज प्याकुरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सोहि अवसरमा एभरेष्ट बोडिङ्ग स्कुलका संस्थापक कोषराज प्याकुरेल र प्रिन्सिपल ईन्दिरा प्याकुरेलले सम्मानित ज्येष्ठ माताहरुलाई कपडा सहित नगद रु ५००÷– का दरले यातायात खर्च समेत उपलब्ध गराएका थिए ।
ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपाल शाखा समिति दमक- ८ का अध्यक्ष ओमप्रसाद खनालको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सञ्चालन प्रतिष्ठानका शाखा समितिका सचिव तारानाथ भट्टराईले गरेका थिए ।सोहि कार्यक्रममा नयाँ सदस्यता लिने सदस्यहरुलाई आजिवन सदस्यको प्रमाण पत्र समेत बितरण गरिएको अध्यक्ष खनालले बताए ।