पथरी शनिश्चरे, १९ वैशाख । पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ८ ले खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रशिक्षण सुरु गरेको छ ।बुद्ध मावि मैदान र समाल डाँडा खेलमैदानमा वडा भित्रका १ सय बढी फुटबल खेलाडीलाई प्रशिक्षण दिन थालिएको हो।
वडाले ‘ए’ र ‘बी’ डिभिजन लिगमा उत्कृष्ट प्रदर्शन गरेका फुटबल खेलाडीलाई प्रशिक्षकको जिम्मेवारी दिएको छ । पूर्ब राष्ट्रिय खेलाडी तथा नगरपालिका खेलकुद विकास समितिका संयोजक दिपक राई र बी डिभिजनको आरसिटीबाट खेलेका लालबहादुर लावतीलाई प्रशिक्षकको जिम्मेवारी दिइएको वडाध्यक्ष नवीन कार्कीले जानकारी दिए।
वडामा नगरपालिका स्तरीय खेलमैदान निर्माणाधीन रहेको छ ।स्थानीय स्तरमा लोकप्रिय प्रभात सामुदायिक युवा क्लबको आयोजना रहेको कार्यक्रममा वडा कार्यालयले सहयोग पुरयाँउदै आएको छ।