आयुर्वेद अस्पताललाई कमल गाउँपालिकाको सहयोग

दमक ,२० बैशाख । झापाको कमल गाउँपालिकाले प्रादेशिक आयुर्वेद अस्पताल लखनपुरलाई रु ३ लाख बराबरको औषधी प्रदान गरेको छ ।कमल -७ लखनपुरस्थित सो आयुर्वेद अस्पताल गाउँपालिकाले विभिन्न किसिमका औषधी लगायतका सामाग्रीहरु सहयोग उपलव्ध गराएको हो । अस्पतालमा पुगेर पालिका अध्यक्ष हुकुमसिंह राईले ती स्वास्थ्य सहयता हस्तान्तरण गरे ।
पालिकाले औषधीसहित आम सर्वसाधारणका लागि जनहितमूलक होडिङ्ग बोर्ड राख्न समेत सहयोग गरेको हो । वर्षदिन अघि सञ्चालनमा आएको यस आयुर्वेद अस्पतालमा विरामीका लागि औषधी अभाव भएपछि पालिकाले त्यस किसिमको सहयोग उपलव्ध गराएको अध्यक्ष राईले बताए ।
दुई साता अघि पनि दमक नगरपालिकाले रु ३ लाख बढी मूल्यका विभिन्न आयुर्वेद औषधीहरु सहयोग गरेको थियो ।
अध्यक्ष राईद्धारा सडकबत्ती जडान
यसैवीच, कमल गाउँपालिकाका अध्यक्ष राईले कमल -५ मंगलमय टोलका विभिन्न वस्तीमा आफनो व्यक्तिगत लगानीमा सडकबत्ती जडान गरिदिएका छन् । स्थानीय गेउरिया खोलादेखि मंगलवारेहुदै लवडाँडासम्मका सडकमा रातीपख सहजताका लागि बत्ती जडान गरिदिएका उनका स्वकीय रोशन दाहालले बताए ।

 

Leave a Reply

Your email address will not be published.