गौरादह,१८ बैशाख । किरात याक्थुङ् चुम्लुङ् गौरादह नगर शाखाको अध्यक्षमा राजकुमार माखिम चुनिएका छन् । आज सम्पन्न दोस्रो नगर अधिवेशनले माखिमको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति चयन गरेको छ । जसअनुसार उपाध्यक्ष टेकबहादुर योङ्हाङ्, सचिव नरेन्द्र वनेम फागो, सह–सचिव दिपेश नेम्बाङ् र कोषाध्यक्ष्मा टंकमाया आङ्थुप्पो चयन भएका छन् भने सदस्यहरुमा हस्तबहादुर खापुङ्, लक्ष्मीप्रसाद कन्दङ्वा, गजेन्द्र आङ्देम्बे, इन्द्रमती लिम्बू, श्रीप्रसाद लिम्बू चङ्वाङ्, सुनमती जवेगु, प्रेम देवान र अमित योङ्हाङ् चयन भएका छन् । नगर कार्य समितिमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन मण्डलका संयोजक सेसेहाङ् फियाकले पदीय जिम्मेवारीको सपथ ग्रहण गराएका थिए ।
त्सस अवसरमा चुम्लुङ् झापा जिल्ला शाखा अध्यक्ष समेत रहेका फियाकले अधिवेशनको समुद्घाटन भन्तव्य राख्नुहुँदै याक्थुङ् लिम्बुहरुको साझा संस्थाको रुपमा स्थापित चुम्लुङको संस्थागत विकासमा लिम्बुहरु संगठित भएर लाग्नुपर्ने औल्याए ।
अधिबेशन उद्घाटनमा जिल्ला समन्वय परिषद सदस्य चन्द्र सुब्बा, गौरादह नगरपालिका वडा न २ का वडा सदस्य विजय कन्दङ्वा, कियाचु पूर्व जिल्ला सदस्य लालबहादुर नेयोहाङ्, आदिवासी जनजाती महासंघ गौरादह नगर समन्वय परिषद्का उपाध्यक्ष केडी राई, मानबहादुर चेम्जोङ्, कृष्णमाया साम्रा खापुङ् लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
चुम्लुङ् नगर अध्यक्ष लक्षुमन योङ्हाङको अध्यक्षतामा सम्पन्न अधिवेशनमा सचिव राजकुमार माखिमले संस्थाको प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन पेश गरेका थिए।