शान्ति सुरक्षाको व्यवस्था मिलाउन मौलिक जरोकिलो पार्टीको माग

दमक,१८ बैशाख । मौलिक जरोकिलो पार्टीको तर्फबाट दमक नगरपालिकाको मेयरका उम्मेदवार राजकुमार दाहालको गाडीमा गएराति अज्ञात समूहले तोडफोड गरेको छ । तोडफोडको घटना प्रति मौलिक जरोकिलो पार्टीले आज प्रेस विज्ञप्ति निकालेर भर्त्सना गरेको छ ।
घर अगाडी पार्किङ्गमा गरी राखिएको गाडीमा अज्ञात समूहद्वारा आक्रमण गरिएको भन्दै दोषीलाई यथाशीघ्र कारवाही गर्न पार्टीले माग गरेको छ ।
मौलिक जरोकिलो पार्टीको प्रभाव बढ्दै गएपछि कपूतन्त्रका घटकहरूले नियोजित रूपमा आक्रमणमा उत्रिएको हुनसक्ने प्रदेश नं १ महासचिव अर्जुनकुमार भट्टराईले बताए। स्थानीय तह निर्वाचनको मिति नजिकिदै गएपछि यस किसिमको गतिविधि बढ्नसक्ने हुँदा पर्याप्त शान्ति सुरक्षाको व्यवस्था मिलाउन निर्वाचन आयोगसमक्ष तथा सरकार समक्ष माग गरिएको उक्त पार्टीले जनाएको छ।

Leave a Reply

Your email address will not be published.