संयुक्त पहिचानवादी मोर्चाको संयोजकमा पालुुङ्वा

झापा,१८ बैशाख । संयुक्त पहिचानवादी मोर्चा झापाको संयोजकमा एलवी पालुङ्वा चयन भएका छन् । जिल्लाको बिर्तामोडमा विहिबार भएको मोर्चाको भेलाले पालुङ्वालाई सर्वसम्मतरुपमा संयोजक चयन गरेको हो ।

चार वटा पहिचानवादी पार्टीहरुको एकीकरणपछि संयुक्त पहिचानवादी मोर्चा गठन भएको हो । केपी पालुङ्वाले नेतृत्व गरेको नेपाल जनमुक्ति पार्टी, डा. महेन्द्र लावतीले नेतृत्व गरेको पहिचानवादी मोर्चा, ज्ञानबहादुर गुरुङले नेतृत्व गरेको नागरिक उन्मुक्ति पार्टी र डकेन्द्रसिंह थेगिमले नेतृत्व गरेको पहिचानका लागि प्रदेश नम्वर १ पुनः नामांकन अभियान समिति एकीकरण भएर संयुक्त मोर्चा तयार भएको हो ।
मोर्चाको सह–संयोजकमा भवानीविक्रम सेलिङ, दिनेश किराती मावो, हरि चौधरी, नीरबहादुर राई, कालिबहादुर खेवाङ, गंगा दुलाल ,संगम खनाल , थीरबहादुर खवास र सदस्य सचिवमा प्रमेश थापा चयन भएका छन् ।

पालुङ्वाको नेतृत्वमा ७९ सदस्यीय झापा जिल्लाको मोर्चा तयार भएको हो । त्यस्तै १३ सदस्यीय सल्लाहकार समिति समेत गठन भएको छ । छरिएर रहेका पहिचानवादी शक्तिहरुलाई एकीकरण गर्ने अभिप्रायले जिल्ला नेतृत्व तयार गरिएको संयोजक पालुङ्वाले बताए ।
पहिचानवादी मोर्चाका जिल्ला संयोजक अग्निमाया मेचेको अध्यक्षतामा भएको कार्यक्रममा संयुक्त पहिचानवादी मोर्चाका संयोजक डकेन्द्र सिंह थेगिमको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि थेगिम, नेपाल जनमुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष भक्त खेवाङ, संयुक्त पहिचानवादीका नेता त्रिनारायण राजवंशी, संयुक्त पहिचानवादी मोर्चाका सचिवालय सदस्य खगेन्द्र माखिम, नेपाल जनमुक्ति पार्टीका नेता संजुहाङ पालुङ्वा, ज्ञानवहादुर गुरुङ,नागरिक उन्मुक्ति पार्टीका संघीय अध्यक्ष ज्ञानवहादुर गुरुङलगायतले शुभकामना मन्तव्य राखेका थिए । पहिचानवादी मोर्चाका सदस्य सचिव प्रमेश थापा मगरले स्वागत गरेको कार्यक्रमको संचालन जनमुक्ति पार्टी झापा सचिव पदम कन्दङ्वाले गरेका थिए ।

संयुक्त पहिचानवादी मोर्चा मोरङको संयोजकमा नाल्वो

संयुक्त पहिचानवादी मोर्चा मोरङको भेलाले राजकुमार नाल्वोको संयोजकत्वमा जिल्ला संयोजन समिति गठन गरेको छ ।गठित समितिको सहसंयोजकहरुमा डिबि कुरुम्बाङ, केशव अधिकारी, सुजन लिम्बु, छत्रबहादुर जबेगु र सदस्य सचिवमा अजितकुमार धिमाल चुनिएका छन् ।

यसैगरि, सदस्यहरुमा मदन मादेम्बा, रवि मादेन, जीवन राई, बिजु सुब्बा, बिजय धिमाल, पदम तामाङ, माधव राजवंशी, बलराम ऋषिदेव, पुर्ण पयाङगु, सेमिमा तुम्बाहाम्फे, सुनिता थक्सु, दिलकुमार लावती, राजभक्त सङमी, हाङमा बेघा, सुरेश थोप्रा, कुन्ता सुब्बा, युबराज कुरुम्बाङ, मणीकुमार पालुङ्वा, भिम सुब्बा, शहरमान सम्बाहाम्फे, शुक्र थेगिम, पुरन याख्खा, राम सावदेन, डिबि साम्बा, शान्ति लावती रहेकी छन् ।

यसैगरि, राधा वनेम, कान्छी चेम्जोङ, जीतकुमार लिम्बू, नीरमाया लिम्बू, दिलमाया लिम्बू, सुबास चेम्जोङ, ज्ञानेन्द्र लिम्बू, बिष्णु चेम्जोङ, पूर्ण राई, सन्तोष लिम्बू, जयकुमार लिम्बू, भिम मिभक, लोकबहादुर इवा, अभिचन्द्र पयाङगु, ज्ञानेन्द्र राई सहित ४७ सदस्यीय संयुक्त पहिचानवादी मोर्चा मोरङ जिल्ला संयोजन समिति गठन भएको छ ।
यसैगरि, छत्र बहादुर साम्ब ,बाङगाई धिमाल, केदार धिमाल,भविराज तुम्सा, चन्द्र लिङखिम, कुमार बोखिम, डिल्ली लिङ्दम रहेको एक सल्लाहकार समिति समेत गठन गरिएको जनाईएको छ ।

Leave a Reply

Your email address will not be published.