दमक ,१८ बैशाख । उदयपुरको कटारी नगरपालिका वडा नं. ६ सोमबारे सडकखण्डमा सवारी दुर्घटनामा परेर झापाको दमक नगरपालिकाका कानुन अधिकृत माधब बस्नेतको मृत्यु भएको छ ।
वडाध्यक्षसहित कर्मचारीहरुको चढेको स्कारपियो गाडी आज अपरान्ह करिब ४.१० बजे मदन भण्डारी लोकमार्गको सोमबारे सडकखण्डमा दुर्घटना हुदाँ दमक ३ बस्ने ५५ बर्षिय बस्नेतको मृत्यु हुनका साथै गाडीमा सवार छ जना घाईते भएका छन् ।
चितवनबाट दमकतर्फ फर्किँदै गरेको मे १ च ३०४० को स्कारपियो गाडी आफै अनियन्त्रित भएर सडक साईडमा लगाएको फलामको ट्रष्ट बेरियरमा ठोक्किएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाईते बस्नेतलाई उपचारका लागि प्रादेशिक अस्पताल कटारी पुर्याउन साथ अस्पतालले मृत घोषणा गरेको जनाइएको छ ।दुर्घटनामा परी गाडीमा सवार दमक १० का वडाध्यक्ष राजेन्द्रप्रसाद भण्डारी, दमक ६ का वडा सदस्य कमल श्रेठ, नगरपालिकाका कर्मचारीहरु नविन खतिवडा, ज्ञानेन्द्र गौतम, सवारी चालक दमक ९ का ३८ बर्षिय देबेन्द्र तामाङ, गौरादह नगरपालिका वडा नम्बर १ का ५४ बर्षिय भुवन दाहालको प्रादेशिक अस्पताल कटारी उदयपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।