उर्लाबारीमा पुरुषको शव फेला,हत्या भएको आशंका

उर्लावारी,१७ बैशाख । मोरङको उर्लाबारी- ५ स्थित एनके प्लाजा पछाडिको नयाँ बन्दै गरेको भवनको सेप्टी ट्याङ्की भित्र खाँदिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।
गनाइरहेको अवस्थामा फेला परेको सो शव उर्लाबारी ७ बरगाछिका अन्दाजी ४० वर्षिय ज्ञाने दर्जीको नग्न अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । दर्जी उर्लाबारी -५ स्थित एनएमबी बैङ्क पछाडिको गोदाम जस्तो घरमा साथीहरूसँग बस्दै आएका र विगत ५ दिनदेखि बेपत्ता भएको खुलेको छ ।
शङ्कास्पद रूपमा शव फेला परेपछि प्रहरीले थप अनुसन्धानका लागि उर्लाबारी–३ मङ्गलवारे स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा पोस्टमार्टमका लागि शव पठाईएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.