
धरान ,१७ बैशाख । सुनसरीमा एक जना उम्मेदवार निर्विरोध निर्वाचित भएकी छन् । जिल्ला निर्वाचन कार्यालय सुनसरीका अनुसार सुनसरीको भोक्राहा–नरसिंह गाउँपालिका वडा न.८ का दलित महिला वडा सदस्य पदकी उम्मेदवार विमला देवी मोची निर्विरोध निर्वाचित भएकी हुन् । उनी नेपाली काँग्रेसबाट उम्मेदवार बनेकी थिइन् ।