धनकुटामा नक्कली नोट भेटियो

धनकुटा , १७ वैशाख । धनकुटामा एक हजारको नक्कली नेपाली नोट फेला परेको छ । धनकुटास्थित एक पसलबाट एक हजारको एउटा नक्कली नोट फेला परेको हो ।
धनकुटा नगरपालिका वडा न. ७ स्थित परिचय मोडमा रहेको युवक तिम्सिनाले सञ्चालन गरेको ग्लो एण्ड गो कस्मेटिक पसलमा एक हजार दरको १ थान नक्कली नोट फेला परेको प्रहरीले जनाएको छ ।
तिम्सिनाले नक्कली नोट फेला परेको भनी प्रहरी कार्यालयमा खबर गरेपछि प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालको कमाण्डमा प्रहरी टोली खटी गई बुझ्दा ६५र८००९८७ नम्बरको नक्कली नोट फेला परेको दाहालले बताए । सो नक्कली नोट बरामद गरी सो सम्बन्धमा थप अनुसान्धान भइरहेको प्रहरी जनाएको छ ।
धनकुटा प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले धनकुटामा कहाँबाट नक्कली नोट आयो भन्ने बारेमा अनुसन्धान गरिने बताए । उनले भने, ‘नक्कली नोट कहाँबाट आयो यो विषयमा सुक्ष्मरुपमा अध्ययन र छानबिन हुनेछ ।’

Leave a Reply

Your email address will not be published.