
दमक,१७ बैशाख । दमक- ६ स्थित देवदर्शन सहकारी संस्थाले आफना शेयर सदस्यहरुको सहभागितामा ध्यान एवं तनाव बिर्सजन सम्बन्धी प्रशिक्षण शिविर सञ्चालन गरेको छ ।
संस्था स्थापना भएको छैटौं बार्षिकोत्सवका अवसर पारेर दमक- ९ स्थित कन्काई पार्टी प्यालेसको हलमा शुक्रवार आयोजना गरिएको उक्त एक दिने कार्यक्रममा ६ दर्जन बढी शेयर सदस्यसहित सर्वसाधारणको सहभागिता रहेको अध्यक्ष राजकुमार खड्काले बताए । सहकारीले त्यस्तो कार्यक्रम सञ्चालन गरेको पहिलो भएको संस्थाले जनाएको छ ।
अध्यक्ष खड्काले तनावरहित जीवन बनाउन सहयोग पुरयाँउन हेतुले सो कार्यक्रम सञ्चालन गरिएको बताए । कार्यक्रममा काठमाण्डौस्थित तपोवनका योग गुरु स्वामी ज्ञान खालिद लगायतकाले स्वास्थ्य जीवनका लागि योगको महत्व तथा ध्यानका बारे चर्चा गरेका थिए ।