भिसी बेघाको पार्थिव शरीर आज अन्त्येष्टि गरिदै(फोटोफिचर )

दमक,१७ बैशाख । बेलायती सैनिकको उच्च पदक भिसीबाट सम्मानित दमकका रामबहादुर बेघा लिम्बूको पार्थिव शरीर आज अन्त्येष्टि गरिदै छ । गत चैत ९ गते काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा बेघाको ८७ंं बर्षको उमेरमा निधन भएको थियो ।
उनको पार्थिव शरीर आफनै ठाउँ दमक ल्याई आज अन्येष्टि गर्न लागिएको मृतक बेघाकी बुहारी मनकुमारी वेघाले बताईन् ।सन् १९६६ मा क्याप्टेन लिम्बूले भिसी सम्मान पाएका थिए । १३ जना गोर्खाली भीसीहरूमा उनी मात्र जीवित थिए ।
दमक ८ का स्थायीबासिन्दा उनका दुई श्रीमती मध्ये हाल श्रीमती पुनिमाया र चार छोरा छन् । बेघा मिर्गौला र मुटु सम्बन्धी पुरानो समस्याबाट अस्वस्थ्य थिए ।अनेरी क्याप्टेन समेत रहेका स्व. भिसी वेघाको पार्थिव शरीर आज विहान ११ वजे विशेष सम्मानका साथ गर्न लागिएको गोर्खा वेलफेयर कार्यालयले जनाएको छ ।

अन्त्येष्टि पूर्व आइतवार विहान ७ वजेदेखि ११ वजे सम्म दमक ८ स्थित उनको निजी निवासमा श्रद्धाञ्जलीका लागि राखिएको र त्यसपछि दमक ६ स्थित उनकै आफनो नीजि किरात माङहिममा किरात धर्मसंस्कृति अनुसार अन्तिम अन्त्येष्टि गरिने अनेरी क्याप्टेन रामबहादुर बेघा लिम्बू (भिसी ) एम.भि.ओ.प्रतिष्ठानका अध्यक्ष मोहन थेवेले बताए । अन्त्येष्टि कार्यक्रममा व्रिटीस सैनिकका उच्च अधिकारी, पूर्व वेलायती सैनिकका अधिकारीहरु लगायतको लगायतको समेत उपस्थिति रहने जनाईएको छ ।
श्रद्धाञ्जलीसहित अन्त्येष्टिका कार्यक्रमलाई थप व्यवस्थित बनाउन सय बढी स्वमसेवकहरु परिचालन गरिएको प्रतिष्ठानका अध्यक्ष थेवेले बताए ।

 

 

 

 

Leave a Reply

Your email address will not be published.