पूर्वमन्त्री डा. रिजालद्धारा वाल अस्पताललाई रु ५० लाख सहयोग

दमक,१६ बैशाख । दमकमा हालैमात्र सञ्चालनमा आएको किओच दमक बाल अस्पताललाई नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री डाक्टर मिनेन्द्र रिजालले रु ५० लाख रुपैयाँ प्रदान गरेका छन् ।आफना माता पिताको स्मृतिमा स्थापना गरेको पुण्यश्री फाउण्डेशन मार्फत उहाँले अस्पतालाई आज मोरङको रतुवामाईमा आयोजित एक कार्यक्रमका बीच सहयोगको चेक हस्तान्तरण गरे । उनले उक्त सहयोगको चेक बाल अस्पतालका परिकल्पनाकार एवं संस्थापक समेत रहेका काठमाडौं इन्स्टीच्यूट अफ चाइल्ड हेल्थका अध्यक्ष डा. भगवान कोइरालालाई हस्तान्तरण गरे ।
रतुवामाई नगरपालिकाका प्रमुख नागेन्द्रप्रसाद सिंह र दमक नगरपालिकाका कार्यवहाक प्रमुख भिमप्रसाद पौडेलको रोहबरमा रतुवामाई ७ स्थित एक धार्मिक संस्थाको सभाकक्षमा आयोजित कार्यक्रमका बीच चेक हस्तान्तरण गदै कांग्रेस केन्द्रीय सदस्य समेत रहेका सो क्षेत्रका पूर्व सांसद डा.रिजालले बाल अस्पताललाई सहयोग पुरयाँउन आफूले स्वेच्छिक सहयोग पुरयाँएको बताए ।
उनले समाजका लागि दिने योगदानले भावी सन्ततीहरुको भविष्य उज्यालो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
उनले त्यसअघि अस्पतालको स्थलगत निरीक्षण समेत गरेका थिए । सो अवसरमा अस्पताल सञ्चालन पक्ष र पुण्यश्री फाउण्डेशनबीच सिमान्तकृत एवं विपन्न समुदायका बालबालिकाहरुको स्वास्थ्य उपचार सेवा सम्बन्धि सम्झौतामा हस्ताक्षर समेत भएको छ । कार्यक्रममा डा. कोइरालाले बाल मृत्युदर घटाउने सरकारको अभियानमा सहयोग पुरयाउनकै लागि देशका सात वटै प्रदेशमा कम्तीमा एक- एक वटा यस किसिमका बाल विशिष्टिकृत अस्पताल सञ्चालनको अवधारणा ल्याइएको बताए ।
नेपाल रेडक्रस सोसाइटी दमक उपशाखासँगको सहयोगमा दमकमा सञ्चालन आएको सो अस्पतालमा बालबालिकाका सबै रोगहरुको उपचार गर्ने विशिष्ट किसिमको अस्पतालका रुपमा यसले सेवा पुरयाँउदै आएको छ ।

Leave a Reply

Your email address will not be published.