गौरीगञ्ज गाउँपालिकामा गठबन्धनरहित चुनाव

गौरीगञ्ज ,१६ बैशाख । यहि बैशाख ३० गते हुन गइरहेको निर्वाचन सरगर्मी तातिदै गएको छ । झापाको गौरीगन्ज गाउँपालिकामा आफनो पार्टीका उम्मेदवारलाई जिताउन दलहरु यतिखेर मतदाताका घरदैलोमा पुग्ने क्रम बाक्लिदै गएको छ । जिल्ला भित्रका धेरैजसो पालिकामा वठबन्धन भएर निर्वाचनमा गईरहेको भएपनि यहाँ भने यस पालिकामा भने मुख्य राजनीतिक दलवीच प्रतिष्पर्धा हुने भएको छ । गौरीगञ्ज गाउँपालिकाको नेतृत्व चयनमा नेपाली कांग्रेस,राप्रपा, माओवादी केन्द्र र नकपा एमालेवीच चौपक्षीय प्रतिस्पर्धा हुने भएको हो। विभिन्न दलहरुबाट पालिका अध्यक्षमा ७ जनाको उम्मेदवारी परेपनि अघिल्ला निर्वाचनमा प्राप्त परिमाणको आधारमा गाउँपालिका अध्यक्षमा मुख्यतया चार दलका उम्मेदवारबीच प्रतिस्पर्धा हुने निश्चित भएको हो ।
अघिल्लो निर्वाचनमा यहाँ नेपाली कांग्रेस र राप्रपा बीच अध्यक्ष पदमा मुख्य प्रतिस्पर्धा भएको थियो जसमा राप्रपाका बाबुराजा श्रेष्ठले बाजी मारेका थिए । उनलाई कांग्रेसकी प्रत्यासी फूलवती राजवंशीले अन्तिम टक्कर दिएकी थिइन ।
भने अन्य पदहरुमा मुख्यतया कांग्रेस, एमाले र माओवादीबीच त्रिपक्षीय प्रतिस्पर्धा भएको थियो ।
यसपटकको निर्वाचनमा समेत ति दलहरुबीच अन्य स्थानीय तहहरुमा जस्तो गठबन्धन र तालमेलको अवस्था नदेखिएको हो । यसपटक पनि गाउँपालिकाको अध्यक्षमा कांग्रेसले नेतृ नेतृ फूलवती राजवंशीलाई उम्मेदवारका रुपमा अघि सारेको छ । उनी झापाका २ पालिकामा कांग्रेसद्धारा बनाइएका पालिका प्रमुख पदका उम्मेदवारहरु मध्येकी एक हुन । मुख्यतया राप्रपाका तर्फबाट २०७४ मा समेत अध्यक्षमा निर्वाचित बाबुराजा श्रेष्ठ र राजवंशीबीच सो पालिकामा चुनावी प्रतिस्पर्धा हुने अनुमान छ । श्रेष्ठ र राजवंशीसंगै एमालेका विजयकुमार अग्रवाल र माओवादी केन्द्रकी मेनुका राजवंशी पनि सो पदका प्रत्यासी छन ।
माओवादी केन्द्रका तर्फबाट अघिल्लो निर्वाचनमा अध्यक्ष पदमा प्रत्यासी रहेर मतगणनाको प्रारम्भिक चरणमा कांग्रेसकी प्रत्यासी फूलवती राजवंशीलाई उछिनेका बिद्यानन्दसिंह राजवंशी यसपटक एकाएक उपाध्यक्ष पदमा उम्मेदवार बनेका छन । उनी माओवादी केन्द्रका सशस्त्र युद्धकालिन नेता हुन । उनी तत्कालिन नेकपा माओवादी सम्बद्ध कोचिला राष्ट्रिय मुक्ति मोर्चाका राज्य समिति अध्यक्ष समेत भएका थिए । हाल पार्टीको गौरीगञ्ज गाउँपालिका इञ्चार्ज समेत रहेका उनलाई सो क्षेत्रमा सशक्त युवा उम्मेदवारका रुपमा हेरिएको छ । उनीसंगको प्रतिस्पर्धामा कांग्रेसका तर्फबाट उपाध्यक्षका प्रत्यासी रहेका मखना महतो र एमालेमा उदियमान महिला नेतृका रुपमा सक्रिय पुजन न्यौपाने कुँवर रहेका छन । महतो यसअघिको निर्वाचनमा गौरीगञ्ज ३ मा वडाध्यक्ष निर्वाचित भएका थिए । उनी झापा उद्योग वाणिज्य संघ गौरीगञ्ज खजुरगाछी शाखाका अध्यक्ष समेत हुन भने न्यौपाने नयाँ पुस्ताकी उदाउँदो सक्रिय महिला उम्मेदवार हुन । राजवंशी, महतो र न्यौपानेलाई उपाध्यक्ष पदका मुख्य प्रतिस्पर्धी उम्मेदवारका रुपमा हेरिएको छ ।

यद्यपी राप्रपाले समेत उपाध्यक्ष पदमा सन्थाल समुदायबाट महिला उम्मेदवारलाई अघि सारेको छ । सो पदमा राप्रपाले रानी सोरेनलाई अघि सारेको छ । उपाध्यक्ष पदमा ८ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन ।
यसैबीच ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारले मनोनय फिर्ता गर्न दिइएको समय आज –शुक्रबार तीन जनाले उम्मेदवारी फिर्ता लिएका जनाइएको छ ।
उम्मेदवारी फिर्ता लिनेमा दुई जना वडाध्यक्ष र एक जना वडा सदस्यका उम्मेदवार छन् । वडा नं ३ को वडाध्यक्ष पदका लागि उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार योगेन्द्र राई, वडा नं ६ को वडाध्यक्ष पदका लागि जनता समाजबादी पार्टीबाट उम्मेदवारी दर्ता गराएका कृष्णराज शर्मा र वडा नं २ को वडा सदस्य पदका लागि उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार लेखनाथ डोटेलले उम्मेदवारी फिर्ता लिएका हुन ।
यससंगै अब पालिका अध्यक्षमा ७, उपाध्यक्षमा ८ र ६ वडा रहेको सो पालिकाको वडाध्यक्ष पदका उम्मेदवार ३८ जना खुल्ला वडा सदस्यका उम्मेदवार ६७ जना, महिला वडा सदस्यका उम्मेदवार ३४ जना र दलित महिला सदस्य का उम्मेदवार ३० जना समेत कूल १८५ जना उम्मेदवारहरुले गौरीगञ्जको चुनावी मैदानमा देखिएका छन ।

Leave a Reply

Your email address will not be published.