
धनकुटा, १६ बैशाख । तमोर नदीमा डुबेर धनकुटामा एक जनाको मृत्यु भएको छ। धनकुटाको चौबिसे गाउँपालिका -५ सदामटारस्थित तमोर नदीमा डुबेर स्थानीय ४५ वर्षीय प्रकाश माझीको मृत्यु भएको हो।
माछा मार्नेक्रममा बुधबार उनी नदीमा बेपत्ता भएका थिए। डुबेको स्थानभन्दा केही तल आज विहान उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डीएसपी चिरञ्जिवी दाहालले जानकारी दिए।