लागु औषध सहित उर्लावारीबाट २ जना पक्राउ

मोरङ, बैशाख १५, उर्लाबारी नगरपालिका ४ स्थित आईतबारे बजारबाट प्रहरी प्रतिबन्धित औषधी सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उर्लाबारी ४ का २१ बर्षीय सागर तामाङ् र सोही स्थानका १७ बर्षीय दिपेश राजवंशी रहेका छन् । मंगलबार बेलुका ७ बजे प्रहरी टोलीले चेकजाँचको क्रममा उनिहरुको साथबाट प्रतिबन्धीत औषधी ट्रामोल(१०० चक्की र डिकोलिक (१०० चक्की सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय उर्लबारीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.