गाउँपालिकाबाट लखनपुर रेडक्रसलाई एम्बुलेन्स

दमक, १५ बैशाख । झापाको कमल गाउँपालिकाले नेपाल रेडक्रस सोसाइटी लखनपुर उपशाखालाई एक थान एम्बुलेन्स प्रदान गरेको छ ।
क्याम्पास्थित पालिका कार्यालयमा विहिबार एक कार्यक्रम गरि एम्बुलेन्स प्रदान गरिएको पालिकाले जनाएको छ । पालिका अध्यक्ष मेनुका काफ्लेले उक्त एम्बुलेन्सको साँचो रेडक्रसका सभापति चन्द्र साहलाई हस्तान्तरण गरिन् । पालिकामार्फत उपलव्ध उक्त एम्बुलेन्स रेडक्रसले सञ्चालन गर्ने जनाईएको छ ।
उक्त एम्बुलेन्स गाडी ॐ आदि फाउण्डेशन नामक संस्थाले उपलव्ध गराएको हो ।यससंगै रेडक्रस लखनपुरको एम्बुलेन्स दुई वटा भएको सचिव पारषमणि राईले बताए ।
सोहि अवसरमा गाउँपालिकाले कमल २ मा रहेको महेन्द्र रत्न माध्यमिक विद्यालय र कमल ७ रंगपुरस्थित सरस्वती माध्यमिक विद्यालयमा प्राविधिक शिक्षा अध्ययनरत ४९ जना विद्यार्थीलाई प्रति विद्यार्थी रु १० हजारका दरले छात्रवृत्ति प्रदान गर्नुका साथै कमलका ३५ जना विपन्न तथा उद्यमी महिलाहरुलाई ठेलाभ्यान वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत काजीमान राईले बताए ।

Leave a Reply

Your email address will not be published.