शिवसताक्षी ६ की एक बृद्धाको शव फेला

दमक, १५ बैशाख । दुई दिन अघि घरैबाट हराएकी झापा, शिवसताक्षी नगरपालिका -६ की एक महिलाको शव फेला परेको छ ।स्थानीय ६३ वर्षीया शान्तिमाया प्रधानको शव गएराती घर नजिकै फिलुङ्गेको नलले छोपेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।
वडाध्यक्ष मनोज खुलालका अनुसार गत मंलबारदेखि हराइरहेको बृद्धाको कुहिन लागेको अवस्थामा शव फेला परेको हो । छिमेकी माचमा पराल लिन जाँदा कुहिएको गन्ध आएपछि खोजतलासका क्रममा ती महिलाको शव फेला परेको उनले बताए ।
मृतकको शवको प्रकृति हेर्दा भवितव्य नभई हत्या गरेको हुन सक्ने आंशका प्रहरीले गरेको छ । शवको प्रकृति हेर्दा हत्याको आशंका गरिएको बताउदै घटनाको थप अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय झिलझिलेका इन्चार्ज युवराज कटुवालले इन्चार्ज कटुलालले बताए ।शवलाई पोष्टमार्टमका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.