
दमक, १५ बैशाख । नेपाली कांग्रेससहितका गठबन्धानले आजदेखि कमलमा घरदैलो शुरु गरेको छ । गठबन्धनले बाह्घरेमा आज संक्षिप्त कार्यक्रम गरि निर्वाचन लक्षित घरदैलो अभियान शुरु गरिएको हो ।
यहि बैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनलाई आफनो पक्षमा पार्न कमलका ७ वटै वडामा उम्मेदवारहरु पुग्ने गरि घरदैलो शुरु गरिएको कांग्रेस कमलका सभापति बुद्धि न्यौपानेले बताए । घरदैलोमा गठबन्धनबाट अध्यक्षका उम्मेदवार हुकुमसिंह राई, उपाध्यक्षका उम्मेदवार पर्शुराम सुवेदी, कमल ७ का वडाअध्यक्षका उम्मेदवार रविन गुरुङसहित वडा सदस्यका उम्मेदवारसहित पार्टी कार्यकर्ताहरुको उल्लेखीय उपस्थिति रहेको थियो ।घरदैलोका क्रममा उम्मेदवारसंग मतदाताहरुले विकास निर्माणका विषयमा आफना कुरा राखेका थिए । घरदैलो अभियान शुभारम्भ कार्यक्रममा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, संघीय लिम्बूवान पार्टीका नेता, कार्यकर्ताहरु रहेका थिए ।
यसैगरि, गठबन्धन गरि चुनावी मैदानमा उभिएका दलहरुका उम्मेदवारहरुले पनि आआफनो वडामा घरदैलो गरिआएका छन् ।