
मोरङ, १४ वैशाख । कारको ठक्करबाट मोरङको बुढीगंगा गाँउपालिका–३ शान्तिचोकमा मंगलबार गम्भीर घाइते भएकी एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बुढीगंगा गाँउपालिका–२ बगवनकी अन्दाजी ३० बर्षाीय शोभा राजवंशी रहेकी छिन् । बागमती प्रदेश ०१–०२७ च २२ ६६ नम्बरको कारको ठक्करबाट गम्भीर घाइते भएका राजवंशीको गंगाचोकस्थित विराट मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
राजवंशी सवार मे २ प ६९५७ नम्बरको मोटरसाइकललाई मंगलबार दिँउसो साढे १ बजे कारले ठक्कर दिएको थियो । कार चालकलाई ईलाका प्रहरी कार्यालय नेमुवाले नियन्त्रणमा लिएको छ ।