कमल,१३ बैशाख । झापाको कमल गाउँपालिकाले जनप्रतिनिधि,कर्मचारी र सामुदायिक विद्यालयका शिक्षकका छोराछोरीहरुलाई सामुदायिक विद्यालयमा पढाउन निर्देशन दिएको छ ।गाउँपालिकाले बुधबार पालिका भित्रका सवै विद्यालयहरुलाई परिपत्र गरि त्यस्तो निर्देशन दिएको हो ।
परिपत्रमा भनिएको छ , –‘जनप्रतिनिधिहरु,विद्यालयका शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारीका छोराछोरीहरुले अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गराउन अनुरोध छ ।’
गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईका अनुसार विद्यालयका प्रध्यानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सहितको बैठकले यो निर्णय गरिएको हो । यसै शैक्षिक सत्रदेखि यो अभियान लागू गरिने उल्लेख छ । यसअघि समेत कतिपय पालिकाले यस किसिमका निर्णय गरेपनि प्रभावकारी कार्यान्वयन नहुदाँ सामुदायिकका अधिकांस शिक्षकहरुले आफना छोराछोरीहरु भने निजी विद्यालयमा पढाउदैआएका थिए ।