
साबित्री गिरी, पोखरा
ढुङ्गाहरु छन् यहाँ त माटो भएर आउँ
बाङ्गाहरुको सहरमा भाटो भएर आउँ
बोल्नेहरुले पनि माखो मारेका छैनन्
गरेर देखाएँ हुन्छ लाटो भएर आउँ
बुद्धको देशमा पनि अशान्ति फैलदैछ,
चुपचाप शान्तिको बाटो भएर आउँ
दर्द पिडा चरम छ चर्किरहेछन् बस्ती
निको पार्न मलम पट्टी खाटो भएर आउँ
आँसु बाहेक अरु के दियो र जिन्दगीले
खुसी तिमी जीवनको साटो भएर आउँ
१३ बैशाख २०७८