दमकमा ‘तुम्मिरो क्याफे’ सञ्चालनमा

दमक,१३ बैशाख । दमक–५ बेलडाँगी रोडस्थित सेवारो कम्प्लेक्सको दोस्रो तलामा विहिबारदेखि ‘तुम्मिरो (भेटौं, भेटघाट गरौं) क्याफे’ सञ्चालनमा आएको छ । सो क्याफेको चर्चित गायक एकदेब लिम्बूले उद्घाटन गरे ।
‘तुम्मिरो क्याफे’को उद्घाटनपछि गायक एकदेब लिम्बूले क्याफेको नामअनुसारको सेवा र सुविधामा लाग्नुपर्ने भन्दै व्यवसायिक सफलताको शुभकामना दिएका थिए ।
क्याफे युवा व्यवसायी अशमिन फियाकले सञ्चालनमा ल्याएका हुन् । क्याफेमा अनुमानित ३० लाख लगानी भएको सञ्चालक फियाकले बताए । उनका अनुसार क्याफे उद्घाटनका अवसरमा विशेष छुटसहित प्रर्दशनमा आउन लागेको चलचित्र मनसरा हेरेपछि टिकट ल्याएर आउने ग्राहकहरुका लागि थप विशेष छुटको व्यवस्था हुने छ ।
सो क्याफेमा इटालियनसहित फाष्टफुडका विभिन्न परिकारहरु पाइनुका साथै चिया, कफि, ग्रीन टी, आइस टी, हर्टलेमन लगायतका हाइजेनिक पेय पदार्थहरु उपलब्ध हुने सञ्चालक फियाकले जानकारी दिए । क्याफेमा ६ जना दक्ष र अनुभवी कुकमेन र वेटरहरु छन् ।
क्याफे उद्घाटन समारोहको सहजीकरणआदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाकी अध्यक्ष भूमिका फियाकले गरेकी थिईन् ।
क्याफे उद्घाटन कार्यक्रममा गायक लिम्बूसहित इलाम माङसेबुङ गाउँपालिकाका उपाध्यक्ष बिनोद नेम्बाङ, निर्देशक तथा कलाकार भुपेन्द्र तुम्बाहाम्फे, युवा राजनीतिकर्मी जीतेन साङपाङ राई लगायतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published.