जेम्सका बिद्यार्थीलाई लागुपदार्थ विरुद्ध सचेतनामुलक प्रशिक्षण

दमक,१२ बैशाख । दमक- ८ स्थित झापा मोडल अंग्रेजी माध्यमिक विद्यालय जेम्स ) का बिद्यार्थीहरुलाई लागुपदार्थ दुव्र्यसन ,रोकथाम र यस सम्बन्धि बिद्यमान कानुनी व्यवस्थाका बारेमा मंगलवार जनचेतनामूलक प्रशिक्षण दिईएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ईलाका प्रहरी कार्यालय दमकको आयोजना तथा बिद्यालयसँगको समन्वयमा बिद्यालयका कक्षा ९ र १० मा अध्ययनरत बिद्यार्थी , शिक्षक शिक्षिका समेत १०४ जनालाई सो प्रशिक्षण दिइएको बिद्यालयका प्रिन्सिपल सागर श्रेष्ठले जानकारी दिए ।

लागुपदार्थ प्रयोगको जोखिममा पर्न सक्ने सम्भावित उमेर समूहका बिद्यार्थीहरुलाई त्यस किसिमको कुलतमा फस्नबाट समयमै जोगाउन आवश्यक भएकाले यस किसिमको सचेतनामूलक कार्यक्रम बिद्यार्थीहरुमाझ प्रभावकारी हुने अपेक्षा गरिएको उनले बताए ।
प्रशिक्षणमा इप्रका दमकका प्रहरी निरीक्षक देवानन्द मिश्रले लागुपदार्थ दुब्र्यसन, यसले मानव स्वास्थ्यमा र समाजमा पार्ने असर तथा नियन्त्रणका लागि राज्यद्धारा निर्धारित कानुनी सजायहरुका बिषयमा सचेतनामुलक प्रशिक्षण दिएका थिए । नेपाल प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बिद्यालय , कलेज र टोल टोलमा यस किसिमका सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published.