
ताप्लेजुङ,१२ बैशाख ।ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ७ ओलाङ्चुङगोलामा वडा अध्यक्ष सहित सबै सदस्यहरू निर्विरोध निर्वाचित भएका छन् ।
सदस्यहरूमा टासी शेर्पा, वाङग्या शेर्पा, महिला सदस्यमा फुपुल्हामु श्रेष्ठ र दलित महिला सदस्यमा बिपना तुम्बाहाम्फे विक निर्वाचित भएको निर्वाचन अधिकृत राजकुमार दाहालले बताए ।
उनिहरु सबै जना स्वतन्त्र वाट मनोनयन दर्ता गराएका छन् । स्वतन्त्र बाहेक कोही पनि उम्मेदवारी दर्ता गराउन नआएको उनले बताए ।निर्विरोध भए पनि अहिले नै घोषणा गर्न नमिल्ने निर्वाचन अधिकृत दाहालले बताए।
डोल्पाका दुई गाउँपालिका अध्यक्षमा समाजवादी निर्विरोध
माधवकुमार नेपाल नेतृत्वको नेकपा समाजवादी पार्टीले डोल्पाका दुई पालिका अध्यक्षसहित एकजना उपाध्यक्ष निर्विरोध जितेको छ।वैशाख ३० गते तय भएको निर्वाचनमा मतदान नै नगरी ती पालिका अध्यक्ष र उपाध्यक्षमा अरु कसैको उम्मेदवारी नपरेपछि निर्विरोध भएका हुन्।
मनोनयन प्रक्रिया अझै पनि चलिरहेकाले निर्वाचन आयोगले उनीहरु निर्वाचित भएको घोषणा गरेको छैन। मनोनयनपछि उम्मेदवारीमा दाबी विरोधसहितका प्रक्रिया पूरा गरेपछि मात्रै उनीहरु निर्वाचित भएको कानुनी रुपमा टुंगो हुनेछ।