बोलेरोको ठक्करबाट कमलका तीन युवकको मृत्यु

झिलझिले ,१२ बैशाख । पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको शिवसताक्षी–झिलझिले खण्डमा आज बिहान भएको दुर्घटनामा परेर झापा, कमलका एकै वडाका तीन जना युवकको ज्यान गएको छ ।
बिहान ५ः३० बजे बोलेरो गाडीको ठक्करबाट मोटरसाइकल चालक कमल गाउँपालिका वडा नं ४ का २६ बर्षिय मौसम राई, पछाडी सवार सोही ठाउँका २५ बर्षिय युनिस भण्डारी र १७ बर्षिय सरोज रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । तीनै जना युवा कमल ४ स्थित अमलडाँगीका भएका र सो घटना पछि त्यस टोलबासी शोकमग्न भएको पालिका अध्यक्ष हुकुमसिंह राईले बताए ।
पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको प्रदेश १– ००१–००१ च ९३२९ नम्बरको बोलेरोले विपरित दिशा तर्फ गइरहेको मे ३ प ५००१ नम्बरको मोटरसाइकललाई विहान ५.३० वजे ठक्कर दिँदा सो दुर्घटना भएको थियो ।
सो दुर्घटनाबाट गम्भीर घाइते भएका तीनैजनालाई विएण्डसी अस्पताल विर्तामोडमा लगिएकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए । जीप चालकलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएर घटनाका बारे थप आवश्यक अनुसन्धान थालेको उनले जानकारी दिए ।…..

 

Leave a Reply

Your email address will not be published.