कमलमा डिपिएलको नयाँ नेतृत्व,अध्यक्षमा सापकोटा

दमक ,११ बैशाख । डाईनामिक पब्लिक लाइब्रेरी (डिपिएल ) कमल शाखाको तेस्रो अधिवेशनले जीवन सापकोटाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।कमल- ५ स्थित मंगलय माविमा भएको अधिवेशनले सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको हो । लाईब्रेरीका राष्ट्रिय अध्यक्ष हेमन्त नेपालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष सन्दिप न्यौपाने, संस्थापक अध्यक्ष विनोद उप्रेती, उपाध्यक्ष अनु भण्डारी, मंगलमय मावि व्यवस्थापन समिति अध्यक्ष तिर्थबहादुर थापा लगायतको आतिथ्यता रहेको थियो ।
निवर्तमान अध्यक्ष दिवस खतिवडा सहितको क्लब बोर्डको वरिष्ठ उपाध्यक्षमा सन्जिव पाठक, उपाध्यक्षद्धयमा सिसम नेपाल, बिपन निरौला, महासचिव दिपक खड्का र कोषाध्यक्षमा ऐश्वर्या चौहान चयन भएका छन् ।
यस्तै विभिन्न विभागका संयोजकहरु समेत सर्वसम्मत चयन गरिएको छ । संयोजकहरुमा केदार चापागाईं, कोशिशराज सिवाकोटी, नबिन भट्टराइ सगर रेग्मी, शम्भु निरौला, सन्तोस गौतम, मैया चौहान, आरुष दाश र प्रतिमा भट्टराई रहेका छन् । क्लबले गाउँपालिकाका युवाहरुमा पठन संस्कृतिको विकासका लागि पुस्तकालय स्थापना गर्ने तथा विभिन्न कार्यालयहरुमा वाचनालय सञ्चालनका लागि पहल गर्ने अध्यक्ष सापकोटाले बताए ।

 

Leave a Reply

Your email address will not be published.