
झापा,११ बैशाख। नेपाली कांग्रेसले झापाका एक दर्जन पालिकाका उम्मेदवारहरु टुगो लगाएको छ । कांग्रेस स्रोतका अनुसार जिल्लाको बाह्रदशी गाउँपालिकाको अध्यक्षमा खड्ग राजवंशी , भद्रपुरको मेयरमा गणेश पोखरेल , कनकाईको मेयरमा रुद्र चिमरिया , गौरादहको मेयरमा रोहित शाहलाई उम्मेदवार बनाएको छ ।
यसैगरि गौरीगञ्ज गाउँपालिकाको अध्यक्षमा फूलवती राजवंशी , शिवसताक्षी नगरपालिकाको मेयरमा पर्शुराम ढुंगाना , कमल गाउँपालिकाको अध्यक्षमा हुकुमसिंह राई , झापा गाउँपालिकाको अध्यक्षमा जयनारायण शाह ,कचनकवल गाउँपालिकाको अध्यक्षमा कालेन्द्र राजवंशीलाई उम्मेदवार बनाउने टुंगो लागेको छ ।
त्यस्तै मेचीनगर नगरपालिकाको मेयरमा केशव पाण्डे, हल्दिबारी गाउँपालिकाको अध्यक्षमा तुलसी ओलीको संभावना रहेको पार्टी स्रोतले जनाएको छ ।