पत्रकार सुब्बासहित एक दर्जन बढी व्यक्ति सम्मानित


दमक,११ बैशाख लिम्बू जातिको प्रतिनिधिमूलक संस्था किरात याक्थुङ चुम्लुङ दमक नगर समितिले आज पत्रकारितासहित विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरेको छ ।
चुम्लुङ दमकको दशौ अधिबेशनको उद्घाटनका अवसरमा आज नेपाल पत्रकार महासंघ प्रदेश १ का कार्यसमिति सदस्य समेत रहेका पत्रकार बिष्णु सुब्बासहित चुम्लुङ अभियानमा महत्वपूर्ण योगदान पुरयाँउने एक दर्जन बढी व्यक्तिलाई सम्मान गरेको हो ।
किरात भवनमा आयोजित कार्यक्रममा पत्रकार सुब्बासहित चुम्लुङका पूर्व अध्यक्षहरु लोकप्रसाद कन्दङवा,गुमानसिंह सम्बाहाम्फे, सञ्चार उद्यमीका तर्फवाट सप्तरङी एमएमका अध्यक्ष मेहरमान लिङदेन, साहित्यकारका तर्फवाट सेसेमी नाल्वो ,व्यवसायीहरुतर्फ श्रीजंगा टे«र्डसका सञ्चालक वर्त सुब्बा, विक्रम थाङदेन, निङवाहाङ थेवे र व्यवसायी मनप्रसाद योङहाङलाई सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.