निर्माणस्थलमै ११० जना श्रमिकको स्वास्थ्य परीक्षण

कमल,१० बैशाख । एसएएसईसी परियोजना अन्तर्गत कार्यरत झापाको मावा,रतुवा तेलिया डाँगी तटबन्धन कार्यमा कार्यरत श्रमिकहरूलाई लक्षित गरि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

एवन डिएनसी जेभी कम्पन्नीको आयोजना तथा कमल नगर अस्पतालको प्राविधिक सहकार्यमा मंगलवार सञ्चालित शिविरमा ११० जना श्रमिकको स्वास्थ्य परीक्षण,औषधि वितरण तथा परामर्श समेत प्रदान गरिएको थियो । बाढी जोखिम न्यूनीकरण परियोजना मार्फत तटबन्ध कार्यमा त्यहाँ श्रमिकहरु काम गरिआएका छन् ।
श्रमिकहरूको समग्र स्वास्थ्य सुरक्षाप्रति जागरूकता वृद्धि गर्नुका साथै निर्माण क्षेत्रमा कार्यरत जनशक्तिको मनोबल अभिवृद्धि गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको हो ।

कमल गाउँपालिका अध्यक्ष तथा कमल नगर अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति अध्यक्ष हुकुमसिंह राई, वडा नं. २ का अध्यक्ष तथा समितिका सदस्य अशोक सुब्बाको विशेष पहल र समन्वयमा सो शिविर सम्पन्न भएको थियो ।

स्वास्थ्य शिविरमा कमल नगर अस्पतालका अस्पताल प्रमुख दिपक दाहाल नेतृत्वको स्वास्थ्यकर्मीहरुको टोलीले निर्माणस्थलमै पुगेर प्राविधिक सहयोग पुरयाँएका थिए ।
शिविर प्रारम्भअघि अस्पताल प्रमुख दाहालले श्रमिकहरूलाई कार्यस्थलमा अपनाउनुपर्ने स्वास्थ्य सुरक्षासम्बन्धी सचेतना तथा आवश्यक तयारीका विषयमा अभिमुखीकरण प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published.