
दमक,१० बैशाख । नेपाल विद्यार्थी संघ दमक नगर सभापतिमा दमकका विद्यार्थी नेता बिशाल अधिकारी चुनिएका छन् । संघको संगठन सुढृढिकरण अभियान अन्तर्गत दमकमा भएको भेलाले अधिकारीलाई सभापति बनाएको हो ।
दमक -८ निवासी अधिकारी संघका जिल्ला सदस्य समेत हुन् । संघका जिल्ला उपसभापति सहदेव भटटराईको प्रमुख आतिथ्यता तथा जिल्ला कोषाध्यक्ष नवराज ढकाल,उपसभापति भरत दुलाल,जिल्ला सदस्य नवराज न्यौपाने,विद्यार्थी नेता पासाङ मोक्तान लगायतको उपस्थितिमा भएको भेलाले सभापतिमा अधिकारीलाई चुनेको हो । अधिकारीले कार्यसमिति विस्तार गर्ने भएका छन् ।