भुटानी शरणार्थी स्वदेश फिर्तीको माग गदैं प्रधानमन्त्रीलाई ज्ञापनपत्र

दमक ,१० बैशाख । भुटानी शरणार्थीहरुको स्वेच्छिक तथा सम्मानजनक स्वदेश फिर्तीका लागि पहल गरिदिन भन्दै शरणार्थीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पत्र पठाएका छन् ।भुटानी स्वतन्त्र मञ्चले आज पठाएको स्मरणपत्रमा बिगत ३० बर्षदेखि रहेको शरणार्थी समस्याका बिषयमा नेपाल भुटानबीच १५ औं चरण सम्म वार्ता भइसकेको स्मरण गराउँदै सार्थक र परिणाममुखी वार्ताका लागि पहल गर्न नेपाल सरकारको ध्यानाकर्षण गराइएको छ ।
प्रधानमन्त्री दाहाल भारत सरकारको निमन्त्रणामा भारत भ्रमणमा जाने सम्भावना बढिरहेको बेला जनमञ्चले प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएको हो ।जनमञ्चका महासचिव धनबीर सुब्बाद्धारा हस्ताक्षरित पत्रमा भुटानी शरणार्थी समस्या समाधानका विकल्पहरु मध्ये स्वदेश फिर्तीलाई वेवास्था गरी तेस्रो देश पुनर्वासलाई मात्र प्राथमिकता दिइएका कारण अमेरिका, अष्टेलिया, क्यानडा लगायतका ८ वटा मुलुकमा १ लाख १३ हजार ५ सय शरणार्थी पुनर्वासमा गएका पनि उल्लेख छ । झापा र मोरङका शिविरमा लगभग ६ हजार ५ सय भुटानी शरणार्थीहरु अहिले विभिन्न समस्याहरुसँग जुध्दै कष्टकर जीवन बिताइरहेको पनि पत्रमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published.