
दमक ,१० बैशाख । नेकपा एमालेले दमकका सबै वडाका अध्यक्षका उम्मेद्वार लगभग टुंगो लगाएको छ । यद्यपी ती नाम भने सार्वजनिक गरिएको छैन् ।
एमालेका तर्फबाट अधिकांश वडा अध्यक्षका उम्मेद्वार दोहोरिएका छन् । दमक- १ मा हरि न्यौपाने, दमक- २ मा प्रजापति सापकोटा, दमक -३ का नविन बराल उम्मेदवार बन्ने भएका छन् । उनीहरु यस अघिको निर्वाचनमा उम्मेद्वार थिए । न्यौपाने ८ मतले पराजित भएका थिए भने अरुले जित हासिल गरेका थिए ।
यस्तै दमक -४ मा झसराज ढकाल, दमक -५ मा इन्द्रबहादुर गुरुङ, दमक -६ मा टेकबहादुर थापा, दमक -७ मा राधाकृष्ण आचार्य, दमक- ८ मा दिपेश दाहाल, दमक- ९ मा कुवेर भट्टराई र दमक- १० मा बोधराज नेउपाने उम्मेद्वारका रुपमा छनौट भएका छन् । यी मध्ये गुरुङ, थापा र न्यौपाने र बराल यसअघि पनि वडा अध्यक्षका रुपमा कार्यकाल सम्पन्न गरिसकेका छन् । एमालेले आइतबार बिहान ११ बजे दमकको गणतन्त्र चौकमा उम्मेद्वार घोषणा सभा गर्दै छ ।