
दमक,१० बैशाख । दमक मोवाइल व्यवसायी संघको अध्यक्षमा पुनः भेनष श्रेष्ठ चुनिएका छन् । शुक्रवार सम्पन्न संघको चौथो बार्षिक साधारणसभाले श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षमा कविन श्रेष्ठ, सचिवमा दिपेन्द्र नेपाल,सहसचिवमा मोहनकुमार कट्टेल र कोषाध्यक्षमा शंकर कार्की चुनिएका छन् । यसैगरि सदस्यहरुमा राजकुमार सुवेदी,केशव श्रेष्ठ, खगेन्द्र चापागाई, पूण्य बराल, प्रवल भण्डारी, अमन शाह, टिकाराम राई (विशाल ) र पवन शाह चुनिएका छन् ।
दमक उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न साधारणसभाको उद्घाटन सभामा संघका अध्यक्ष भेनष श्रेष्ठले अध्यक्षको प्रतिवेदन र आर्थिक प्रतिवेदन संघका कोषाध्यक्ष कविन श्रेष्ठले प्रस्तुत गरेका थिए । दुवै प्रतिवेदन संघको बन्दसत्रले पारित गरेको थियो ।
दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा संघका वरिष्ठ उपाध्यक्ष गोपाल गुरागाई, रोट्री क्लव अफ दमकका अध्यक्ष भरत चम्लागाई, नेपाल मोवाइल वितरक संघका १ नम्बर प्रदेश अध्यक्ष हरिप्रसाद उप्रेती लगायतले मोवाइल व्यवसायी पेशागत हकहितका लागि एकता र सहकार्य जरुरी भएको औल्याएका थिए ।
सो अवसरमा संघले आफना एक सय बढी सदस्यहरुलाई सदस्यता समेत प्रदान गरेको थियो ।
पत्रकार सुब्बा पुरस्कृत
संघले व्यवसायिक प्रवद्र्धनका लागि सूचना तथा सञ्चार क्षेत्रमा योगदान पुरयाँएको भन्दै दमकका पूराना पत्रकार बिष्णु सुब्बालाई पुरस्कृत गरेको छ ।
साधारणसभाका अवसर पारेर पत्रकार सुब्बालाई नगद तथा सम्मान पत्रसहित पुरस्कृत गरेको हो ।संघले मोवाईल व्यवसायका क्षेत्रमा कलम चलाउने एक जना पत्रकारलाई आफनो चुनावी साधारणभाका क्रममा पुरस्कृत गर्ने कार्यक्रम सुरुवात गरेको र त्यसैअनुसार सुब्बालाई पुरस्कृत गरिएको अध्यक्ष भेन श्रेष्ठले बताएका छन् । पत्रकार सुब्बा दमकको प्रदेशवाणी डटकम अनलाईन न्यूज पोर्टलका सम्पादक हुन् ।