निम्समा क्यान्सर ,मुटु ,न्युरो सम्बन्धी सेवा बिस्तार

दमक,१० बैशाख । दमकको निम्स नेशनल हस्पिटलले तीन किसिमका विशेषज्ञ सेवा विस्तार गरेको छ । बिर्तामोडमा रहेको पूर्वाञ्चल क्यान्सर अस्पताल र बिएण्डसी हस्पिटलको सहकार्यमा आजबाट निम्सले क्यान्सर ,मुटु ,न्युरो सर्जन सम्बन्धी सेवा सञ्चालनमा ल्याएको हो ।

महिनाको दोस्रो र अन्तिम बुधबार विशेषज्ञ डाक्टरहरुको प्राविधिक सहयोगमा सेवा शुरु गरिएको हस्पिटलले जनाएको छ । हस्पिटलले आज पत्रकार सम्मेलन गरि दमकमा नै पहिलो पटक यस्तो किसिमको सेवा दिन शुरु गरिएको अध्यक्ष उमाकान्त आचार्यले बताए । यस क्षेत्रका विरामीहरुलाई आफनै ठाउँमा सेवा पुरयाँउने ध्येयले यस किसिमको सेवा थपिएको र यसवाट यहाँका विरामीहरु लाभान्दित हुने उनको भनाई छ ।

कार्यक्रममा पूर्वाञ्चल क्यान्सर अस्पतालका क्यान्सर रोग बिशेषज्ञ डा. आलोक ठाकुर ,मुटु रोग विशेषज्ञ डा. पृतम गच्छदार ,निम्स हस्पिटल डा. नवीन सिह, डा.रबिन रन्जितकार, सञ्चालकहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा निम्स हस्पिटलका सञ्चालकहरुले यस अस्पतालमा हरेक किसिमको सरल,सुलभ संगै गुणस्तरिय स्वास्थ्य सेवा पुरयाँउन लक्ष्य राखिएको र अव निकट भविष्यमा एमआरआई लगायतको सेवा विस्तार गर्ने योजना रहेको उल्लेख गरे ।
स्वास्थ्य बिमासहितको सो हस्पिटल पछिल्ला समय विरामीहरुको आर्कषणका कारण पनि यो हस्पिटल गुणस्तरिय स्वास्थ्य उपचारमा निकै फड्को मारेको छ ।
२५ शैयाको सो हस्पिटललाई १ सय बेडको रुपमा विस्तार गर्न सरकारीस्तरमा प्रकृया अघि बढिसकेको सञ्चालक गणेश प्रधानले बताए ।

Leave a Reply

Your email address will not be published.