दमक,९ ब्रैशाख । झापाको कमल गाउँपालिका -७ मेमेङ टोलमा निर्माणाधिन किरात युमा माङहिममा स्थानीय एक जना दाताले आर्थिक सहयोग गरेका छन् ।कमल ७ का नारायणप्रसाद निरौला र भगवती निरौलाका जेठो सुपुत्र प्रकाश निरौलाले माङहिम समितिकी कोषाध्यक्ष नन्दा लिम्बूलाई नगद १५ हजार प्रदान गरेका हुन् । माङहिम निर्माणस्थलमा पुगेर दाता निरौलाले सो सहयोग हस्तान्तरण गरेका थिए ।
माङहिम निर्माण उपभोक्ता समितिका संयोजक पूर्णकुमार मावोले दाता निरौला परिवारबाट प्राप्त सहयोग प्रति धन्यवाद दिएका थिए ।उनले माङहिममा प्राप्त सहयोग,सद्भावकै कारण यतिका संरचना तयार भईसकेकाले अव यसलाई छिट्टै नियमित सञ्चालनमा लैजाने तयारी भईरहेको जनाएका छन् ।
कमल गाउँपालिकाको सहयोगमा निर्माणाधिन अवस्थामा यस माङहिममा मूलपूजा गृह , होमादी गृह,घेराबेरा लगायतका संरचनाहरु निर्माण भईसकेका छन् ।माङहिम समितिकी कोषाध्यक्ष लिम्बूले माङहिम निर्माण कार्य धमाधम भईरहेको र हालसम्म ३० लाख खर्च भईसकेको बताईन् । त्यसमध्ये २५ लाख पालिकाको र अन्य भने भक्तजन तथा शुभेच्छुकहरुबाट सहयोग रकम जुटेको उनले बताईन् ।सहयोेग हस्तान्तरण कार्यक्रममा सामाजिक युवा व्यक्तित्व भिम लिम्बू (चन्द्र),राजेन्द्र केरुङ लगायतको उपस्थिति रहेको थियो ।