द एभरेष्ट शाकोसको बार्षिकोत्सवमा सहकारी शिक्षासहित उत्प्रेरणा तालीम

दमक ,९ बैशाख । दमकको बेलडाँगी रोडमा मुख्य कार्यालय रहेको द एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्यका लागि सदस्य शिक्षा कार्यक्रम सञ्चालन गरेको छ ।
दमक उद्योग वाणिज्य संघको सभाहलमा मंगलवार आयोजित सदस्य शिक्षा कार्यक्रममा सहकारी मेनेजर्स क्लव झापाका अध्यक्ष खोमप्रसाद वगालेले सहकारी संस्थामा शेयर सदस्यहरुको भूमिकाका विबिध विषयमा सहजीकरण गरेका थिए ।
सहकारीको १४ औ बार्षिकोत्सवका अवसरमा भएको सहकारी शिक्षासहित कर्मचारीहरुका लागि उत्प्रेरणा तालीम सञ्चालन गरिएको कार्यवहाक व्यवस्थापक धर्मानन्द भट्टराईले बताए । कर्मचारी उत्प्रेरणा तालिमका सहजीकरण विर्तामोड नगरपालिकाका पूर्व सहकारी अधिकृत डिल्ली दाहालले गरेका थिए ।
संस्थाका अध्यक्ष दिपक खरेलको अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य गोकुल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा संस्थाका सञ्चालक समिति, लेखा समिति,शेयर सदस्यहरु,कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो । संस्थाका सचिव ज्ञाननाथ पौडेलले स्वागत मन्तव्य राखेका थिए ।

दमकमा मुख्य कार्यालयसहित झापा र मोरङका चार स्थानमा सेवा केन्द्र सञ्चालित छन् । झापाको कन्काई,विर्तामोड,बुद्धशान्तिको बुधबारेमा र पूर्वी मोरङको उर्लावारीमा सेवा केन्द्र सञ्चालनमा रहेको र संस्थाको हालको आर्थिक सूचांकका बारेमा कार्यवहाक व्यवस्थापक भट्टराईले स्पष्ट पारेका थिए । संस्थामा ४ करोड ७७ लाख ५३ हजार ८ सय शेयर पूंजी रहेको छ भने निक्षेप ३० करोड २८ लाख २३ हजार ३ सय २ , कर्जा लगानी ३५ करोड १९ लाख ८७ हजार ९ सय १९ ,कोषहरु ५ करोड ७ लाख ६ हजार २ सय ५७ रहेको उल्लेख छ । यस्तै, संस्थाको वासलात ४७ करोड ५७लाख १२ हजार ५ सय ६४ रहेको उनले बताएका छन् ।

 

Leave a Reply

Your email address will not be published.