दमक जेसीजले निकाल्यो क्यालेण्डर

दमक,९ बैशाख । दमक जेसीजले आफ्नो बार्षिक गतिबिधिहरूलाई समेटेर नयाँ वर्ष २०८२ को क्यालेण्डर निकालेको छ ।दमक जेसीजको सचिवालयमा सोमबार नयाँ वर्षको शुभकामना आदानप्रदान गर्नुका साथैं क्यालेण्डरको लोकापर्ण गरिएको महासचिव राजेन्द्र बिमलीले बताए । उनका अनुसार दमक जेसीजले विगतका वर्षमा झै यसवर्ष पनि क्यालेण्डर प्रकाशन गरिएको हो ।

नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य गोकुल श्रेष्ठको प्रमुख आतिथ्यता तथा दमक जेसीज बर्ष २०२५ का अध्यक्ष सहदेब भट्टराईको अध्यक्षतामा भएको सो कार्यक्रममा दमक जेसीजका पूर्ब अध्यक्ष तथा बोर्ड अफ ट्रष्टका अध्यक्ष गञ्जबहादुर दाहाल, दमक जेसीजका पूर्ब अध्यक्षहरू गोबिन्दराज कट्टेल,कमल कट्वाल,मुकेश अग्रवाल, जेसीआई सिनेटरहरु राजकुमार भट्टराई, मैना दाहाल,बिष्णु पौडेललगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागि वक्ताहरुले जेसीज व्यक्तिको व्यक्तित्व, नेतृत्व सिकाउने मात्र नभएर लोकतन्त्र,विधिको शासन अंगीकार गर्ने थलो भएको औल्याएका थिए ।
दमक जेसीजका शाखा सम्पादक सुशान्त निरौंला कार्यक्रम संयोजक रहेको सो कार्यक्रममा उपाध्यक्ष बिशाल अधिकारीले जेसीज आस्था बाचन गरेका थिए ।

Leave a Reply

Your email address will not be published.